बैशाख ३०, २०८३ बुधबार

काठमाडौँ, ३० वैशाखः राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ । सभाअध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश बैठक पाँच मिनेटका लागि स्थगन भएको बैठकलाई जानकारी दिनुभयो ।
 
        त्यसअघि करिब एक घन्टा बैठक सञ्चालन भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्नुभएको थियो ।
 
बैठकमा आर्थिक वर्ष २०८३÷०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।