काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशका नसुम अहमद र अमेरिकाका जस्करण मल्होत्रालाई पछि पार्दै सेप्टेम्बरका लागि आइसिसीको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् ।
ओमानमा भएको आइसिसी विश्वकप लिग–२ मा ६ खेल खेलेका उनले १८ विकेट लिँदै ७.३८ को इकोनोमी राखेसँगै आइसिसीले उनलाई ‘प्लेयर अफ द मन्थ’ को नोमिनेसनमा राखेको थियो ।
लामिछानेले पपुपा न्यूगिनीविरुद्धको पहिलो खेलमा ३५ रन दिएर ४ तथा दोस्रो खेलमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए ।
महिलार्फको प्लेयर अफ द मन्थ भने इंग्ल्याण्डकी स्कीपर हेथर नाइट बनेकी छन् ।