असोज २५, २०७८ सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । सोही अवधिमा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३ सय १४ जना सघन उपचार कक्ष तथा १११ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।