काठमाडौं ; जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगीको आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लबले रोमाञ्क जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
श्री भगवतीको जितमा नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा नवराजले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा टंकले गोल गर्दै ब्वाइजलाई १(१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा प्रज्वलले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए ।
उक्त जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ ।