असोज २५, २०७८ सोमबार

काठमाडौं । सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसमा बोल्दै नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैटौं थपिएको प्रमाणित भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरातर्फ व्यङ्ग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकाले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे ।