बैशाख ३१, २०८३ बिहिबार

काठमाडौँ, ३१ वैशाखः  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले अपेक्षाअनुसार नयाँ सरकारको नीति तथा कार्यक्रममा नयाँपन नआएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रम सुस्पष्ट नभएको र कहाँ पुग्ने भन्ने गन्तव्य तय नभएको उल्लेख गर्नुभयो । 

    ओलीले परिणाममा आधारित बजेट र कार्यक्रम बनाएर उत्तरदायी र पारदर्शी कार्य गर्न आग्रह गर्नुभयो ।