बैशाख ३१, २०८३ बिहिबार

दोधारा चाँदनी (कञ्चनपुर), ३१ वैशाखः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
    
    दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का सन्दीप खड्काको आज मृत्यु भएको हो । से२त १४१८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका खड्काको महाकाली प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिनुभयो । 

    त्यसैगरि कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पको टोकाइबाट स्थानीय लिला लामिछाने घाइते भएकी हुन् । उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।