काठमाडौं । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गर्दै छ ।
फूलपाती बढाइँका अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवम् एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गर्नेछ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ ।