असोज २६, २०७८ मंगलबार

काठमाडौं, असोज २६ । पूर्वराजा ज्ञानेन्द्रले मंगलबार दशैंको शुभ कामना दिँदै प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क दिएपछि जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भयभीत भएका छन् ।

डा. भट्टराईले 'राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो' भनेर सामाजिक सञ्जालमा लेखेका छन् । पछिल्लो समय नेपालमा हालको व्यवस्था असफल भएको भन्दै राजसंस्थाको आवश्यकता बोध भएको थुप्रैले भन्ने गरेका छन् ।