टीकापुर, २ जेठः टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण गरेको छ ।
वडा कार्यालयले उहाँहरुको स्वास्थ्यलाई दृष्टिगत गरी झुल वितरण गरिएको वडाध्यक्ष मोहन विकले बताउनुभयो । आफ्नो वडामा दुई हजार बढी ज्येष्ठ नागरिक रहेका तर यस वर्ष ७३ वर्षमाथिकालाई मात्र झुल प्रदान गरिएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको रु एक लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल प्रदान गरिएको हो ।