असोज २७, २०७८ बुधबार

एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र बङ्गलादेश खेल्दै छन् ।

यो खेल मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध बराबरी वा जितले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन ।