असोज २७, २०७८ बुधबार

तेह्रथुम । घटस्थापनाको दिन गाउँलेहरू जम्मा भएर बाबियो र बाँस लगायतबाट पिङ बनाइन्छ । त्यस्तै काठबाट रोटेपिङ पनि बनाउने गरिन्छ । पिङ बनाएर तिहारसम्म खेल्ने गरिन्छ ।

दशैँ सुरु भएसँगै धनकुटामा पिङ बनाउने र खेल्नेहरूको भीड लाग्न थालेको छ । दसैंका दिन टिका लगाइसकेपछि एक पटक धर्ति छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ खेल्ने प्रचलन छ ।

तर पछिल्लो समय दशैँ तिहारको मुख्य मनोरञ्जनको साधनका रूपमा रहेको पिङ लोप हुँदै गएको छ । युवा पुस्ता गाउँमा नहुँदा पिङ लोप हुँदै गएको हो ।