काठमाण्डौ।
नेपालगन्जमा आज सम्पन्न सातौं संस्करणको प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा विभागिय टिम नेपाल एपिएफ क्लब विजयी भएको छ । साबिक विजेता नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले उपाधी जितेको हो ।
विजेता नेपाल एपिएफ क्लवले ५ लाख र दोस्रो भएको नेपाल पुलिस क्लबले २ लाख प्राप्त गरेकाछन् ।नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्बललाई २५ - २२, २५ - २३ र २५ - १९ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।खेलमा राम्रो प्रतिस्पर्धा गरेपनि पुलिसले कुनै सेट भने जित्न सकेन ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लिगमा अपराजित रहँदै उपाधि जितेको हो ।
यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो । न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो ।