असोज २७, २०७८ बुधबार

तनहुँ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको छ । जिल्लाको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरो नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको हो ।

शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिरोले बाटो भत्किएको छ। गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए ।

चितवन, नवलपुरलगायतका ठाउँबाट पुर्ख्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर गन्तव्यतर्फ गइरहेका छन्।  

गण्डकी प्रदेश सरकारमार्फत उक्त सडकखण्डका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।