असोज २७, २०७८ बुधबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हाल १४ हजार २६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आइसियू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।