फागुन २५, २०७७ मंगलबार

 

काठमाडौं ; देशभर रहेका सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ नेपाल ९अकोराब०को पन्ध्रौं साधारण सभा तथा सातौ अधिवेशन आजबाट काठमाडौमा सुरु भएको छ ।

 संघका कार्यबाहक अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा सामुदायिक रेडियो प्रशारक संघका सस्थापक अध्यक्ष रघु मैनाली, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेत, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, संघका पुर्बअध्यक्ष मोहन चापागाईं, न्युनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल पत्रकार महासंघका सचीव उदय जिएम, संचारिका समुह नेपालकी केन्द्रिय सदस्य बिमला भण्डारी , इक्वएल एक्सेसका अध्यक्ष उपेन्द्र अर्याल लगायतले शुभकामना मन्तब्य दिएको थिए ।

संघका अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाले गएराती एक्कासी अधिवेशन स्थगित भएको भन्दै  बिज्ञप्ती जारी गरेपछि देशभरबाट काठमाडौ पुगिसकेका प्रतिनिधिले त्यसको चर्को बिरोध गरेका थिए । संघभित्र रहेका बहुमत कार्यसमिती, पदाधिकारीको आज बिहान आकस्मिक रूपमा बसेको बैठकले अध्यक्ष खतिवडा र महासचिव देवकोटाले बिधान विपरित कदम चालेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । संघको उद्घाटन शत्रपछि बन्द शत्र सुरु भएको छ ।