असोज २९, २०७८ शुक्रबार

एजेन्सी । सर्पले टोकाएर आफ्नी श्रीमतीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरो आजीवन कारावासको सजाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । कोब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । 

यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो । न्यायाधीशहरूले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।