असोज २९, २०७८ शुक्रबार

एजेन्सी । सेप्टेम्बर महिनायता नाइजेरियामा करीब २५० जना बन्दुकधारीहरू सेनाको कारबाहीमा परी मारिएका छन् ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरू मारिएका समाचारमा जनाइएको छ। अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो। सेनाले थप ६०० जनाभन्दा बढीलाई पक्राउ गरी विभिन्न कारागारमा राखिएको बताइएको छ।   

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ। नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरूले नागरिकको हत्या गर्ने गर्दछन्। सेनाले महिना दिनयता गरेको कारबाहीमा ती बन्दुकधारीहरूबाट ठूलो सङ्ख्यामा हतियार बरामद गरिएको जनाएको छ।