असोज २९, २०७८ शुक्रबार

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले टीका जमरा लगाउँदै माल्दिभ्समा दसैँ मनाएका छन् ।

फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत दसैँको टीका ग्रहण गरेका छन् । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ ।