असोज २९, २०७८ शुक्रबार

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनल खेलमा गोर्खाली शैली अपनाउने बताएका छन्।

'भोलि हाम्रा लागि ठूलो दिन हो । भोलि हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,' कप्तान किरणले भने ।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दै छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो।