इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ। दुबईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाइ च्याम्पियन बनेको हो ।
दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नाइले तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। चेन्नाइका लागि फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन बनाए। मोइन अलीले ३७ तथा रोबिन उथप्पाले ३१ रन बनाए।
कोलकाताको इनिङ धरासायी पार्ने क्रममा शार्दुल ठाकुरले ३ विकेट लिए ।