फागुन २५, २०७७ मंगलबार

तस्बिर - क्यान

काठमाण्डौ। 
काठमाण्डौमा जारी काठमाण्डौ मेयर कप क्रिकेट प्रतियोगितामा लगातार हार ब्यहोरी रहेको बागमती प्रदेशले तेस्रो खेलमा जीत हासिल गरेको छ।प्रतियोगितामा अपराजित एपिएफलाई २७ रनले पराजित गरेको हो। 
 
टियु मैदानमा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकिय ईनिङ खेले पश्चात ६ विकेट गुमाउदै २३३ रन बनायो।बलिङमा एपिएफका लागि किशोर महतो र अमरसिंह राउटेलाले समान २/२ विकेट हात पारे। 

२३४ रनको लक्ष्य पछ्याएको एपिएफ ४४.५ ओभरमा २०६ रनमा अलआउट भएको थियो। एपिएफका लागि आसिफ सेखले ५०,अमरसिंह राउटेलाले २७ तथा सन्दिप जोराले २५ रन बनाए।बागमतीका सोनु देवकोटाले ६ तथा रामनरेश गिरी र आरियो पौडेलले समान २/२ विकेट लिन सफल भयो। 

यस जीतसॅंगै बागमतीको फाईनलको सम्भावना पनि जिवित रहेको छ।