खोटाङ, १३ जेठः उद्योग वाणिज्य सङ्घ खोटाङले, निर्मली डाँडाका सन्तोष कठेतलाई उपचारका लागि रु चार लाख १७ हजार ७६५ सहयोग गरेको छ ।
क्यान्सर रोगबाट बिरामी कठेतालाई सङ्घका २५० सदस्यबाट रकम उठाएर सहयोग गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ ।
फोक्सोमा क्यान्सर भएपछि भारतको दिल्लीस्थित मेदान्त अस्पताल गएर उपचार गराउन रकम अपुग भएकाले उहाँलाई आर्थिक सहयोग गरिएको सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभयो ।