काठमाडौँ, १३ जेठः प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो । उहाँले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहनुभएको छ ।
बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको थियो ।
---