फागुन २५, २०७७ मंगलबार

एजेन्सी

पेरिस सेन्ट जर्मेन(पिएसजी) का ब्राजिलयन स्ट्राइकर नेयमारले बुधबार राति हुने बार्सिलोना विरुद्धको च्याम्पियन्स लिगको दोस्रो लेगको खेल गुमाउने भएका छन ।

पहिलो लेगको खेल चोटका कारण टिम बाहिर रहेका नेयमारलाई बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेलपनि गुमाउने भएका छन ।

टिमले पनि उनलाई कुनै जोखिम नलिन तथा बार्सा विरुद्धको खेलमा आराम समेत दिएको छ।

 नेयमारले गत महिनाको १० तारिख पछि टिमबाट खेलेका छैनन् ।

उनलाई पुर्ण रुपमा फिट हुनका लागि अझै केहि समय कुर्नुपर्ने देखिन्छ  ।