असोज ३०, २०७८ शनिबार

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा अहिले भइरहेको साफ च्याम्पियनसिपअन्तर्गतको फाइनल खेलमा भारतले अग्रता लिएको छ । भारतले खेलको दोस्रो हाफमा नेपालविरुद्ध दुई गोल गर्दै खेलमा अग्रता लिएको हो ।

भारतका सुनिल क्षेत्रीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे भने सुरेशसिंह वाङ्गजमले ५० औं मिनेटमा गोल गरे । भारतले खेलको दोस्रो हाफमा पहिलो गोल गर्दै दुई मिनेटभित्र दुई गोल गरेको छ । खेलमा नेपाल गोल गर्नमा धेरै ठाउँमा चुकेको देखिएको छ ।