असोज ३१, २०७८ आइतबार

एजेन्सी । इन्डोनेशियामा पटक पटक गएको भूकम्प र त्यसपछि आएको पहिराका कारण ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बालीद्वीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

भूकम्पका कारण दर्जनौ घरहरू भत्किनुका साथै कयौं सवारीसाधनमा क्षति पुगेको छ । रातको समयमा आएको भूकम्पका बीच सर्वसाधारणमा भागदौड मच्चिएको थियो । यसअघि गत जनवरीमा ६ दशमलव २ रेक्टर स्केलको भुकम्प जाँदा १ सय ५ जनाको मृत्यु भएको थियो । जसमा ६५ सय जना घाइते भएका थिए