असोज ३१, २०७८ आइतबार

गोरखा केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ । भूकम्प जाँदा हल्लिएको सामान्य अनुभव भएको स्थानीयले बताएका छन् ।

यसअघि असोज  १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।