भारतीय सेनाको ३९ सदस्यीय टोली आइतबार नेपाल आउने भएकाे छ । नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
रियल एडमिरल धिरेन भिगको नेतृत्वमा आउने टोलीले भ्रमणको सिलसिलामा प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छन् ।
छिमेकी राष्ट्रका सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्धसमेत सुमधुर तथा प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।