३१ असोज, काठमाडौं । दशैं बिदापछि नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ५९ अङ्कले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अङ्कमा पुगेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अङ्कले बढेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोबारमा भने उल्लास देखिएन । कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ ।