जेठ १५, २०८३ शुक्रबार

म्याग्दी, १५ जेठः सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक २०८३/८४ को बजेट सार्वजनिक गर्दै म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनालाई सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । 

    भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा रघुगङ्गा गाउँपालिकामा २०६६ सालदेखि राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो ।