कात्तिक १, २०७८ सोमबार

एजेन्सी । जम्मु काश्मिरमा सेना र आतङ्कवादी समूहबीचको भिडन्तमा परी दुई सैनिकसहित ९ जनाको मृत्यु भएको छ । केही दिनदेखि भारत प्रशासित जम्मु काश्मिर तनावग्रस्त छ ।

काश्मिरबाट सय किलोमिटर टाढा सरनकोटस्थित एक गाउँमा आतङ्कवादी समूहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।

अभियानको अघिल्लो दिन आतङ्कवादी समूहले चलाएको गोली लागी पाँच सैनिकको मृत्यु भएपछि उनीहरूविरुद्ध कारबाही तीव्र पारिएको हो ।

गाउँको नजिकै जङ्गलमा वर्षौँदेखि पकड जमाइ बसेका आतङ्कवादी समूहमाथि सेनाले कारबाही गर्दा उनीहरूतर्फ दर्जनौँ घाइते भएको बताइएको छ ।