कात्तिक १, २०७८ सोमबार

काठमाडौं । ढोरपाटनमा भोलिदेखि सुरु भई एक महिनासम्म चल्ने सिकार याममा सिकार गर्न अनुमति दिइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामका लागि सात नाउर र पाँच झारलको सिकार खेल्न अनुमति दिएको हो ।

ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सिकारीका लागि आवश्यक बन्दोबस्तका लागि सम्बन्धित ब्लकमा खटाएको छ ।

यस वर्ष फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीहरू सिकारका लागि आउने ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । ढोरपाटन नेपालको एक मात्र सिकार क्षेत्र हो ।  ढोरपाटन सिकार खेल्नका लागि विदेशीको रोजाइमा परेको छ ।