कात्तिक १, २०७८ सोमबार

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा आइपुगेको नेपाली टिमलाई खेलकुदमन्त्री महेश्वर गहतराज, अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतले स्वागत गरेका थिए ।

खेलाडीलाई स्वागत गर्न ठूलो सङ्ख्यामा फुटबल समर्थकहरू पनि विमानस्थलमा पुगेका थिए । प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी रोहित चन्द भने टिमसँगै नेपाल फर्किएनन् ।