काठमाडौं, कात्तिक १ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटा भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको हो ।
यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि आइतबार बिहान गोरखाको मान्बु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।