जेठ १८, २०८३ सोमबार

विराटनगर, १८ जेठः कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान  निर्देशिका २०८२’ लागू गरिने भएको छ । 

    पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताउनुभयो ।  

    कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ मेट्रिक टन बिक्री  गर्न लागिएको हो । जसमा डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन र कृषि चुन १५९ मेटिक टन रहेको छ ।  

    वितरण गरिने डिएपी ५० केजी ९एक बोरा० को रु दुई हजार २००, युरिया ५० केजीको रु ७५०, पोटास ५० केजीको एक रु एक हजार ६०० र कृषि चुन ५० केजीको रु ४३० कायम गरि बिक्री गरिने भएको  छ ।