कात्तिक १, २०७८ सोमबार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।