कात्तिक १, २०७८ सोमबार

साेमबार सिंहदरबारमा बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको छ । सरकारले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि उनलाई बर्खास्त गर्ने निर्णय गरिएको बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिलवाल सदस्य सचिवमा नियुक्त भएका थिए । मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष रहेका गोल्डेन गेट कलेजको प्रमुख कार्यकारी अधिकृत सिइओ पनि हुन् । सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नुअघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजकसमेत भएका थिए ।