कात्तिक २, २०७८ मंगलबार

नेपालमार्ग डेस्क, २ कार्तिक । महाकाली नदीमा जलसतह बढेको छ । आतबारदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको परिगाउँ जल मापन केन्द्र, डडेल्धुराले जनाएको छ ।

नदीमा जलसतह बढेर सतर्कता तह ७.११ मिटर पार गरेको छ र यो बढ्दो क्रममा रहेकाले डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । मङ्गलबार बिहान ६ बजे पानीको बहाव ४ लाख ३७ हजार ६ सय १३ क्युसेक पुगेको छ । नदीमा पानीको सतह बढेसँगै भारतीय पक्षद्वारा कञ्चनपुरको गड्डाचौकीस्थित बनबासाको पुलमा चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाएको छ ।