कात्तिक २, २०७८ मंगलबार

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन ६ लेन (भाइरल रोड ) सडकको पिच बगेको छ । अविरल वर्षासँगै महाकालीमा आएको बाढीका कारण टिकटक स्पटका रूपमा परिचित भाइरल रोड बगेको हो । 

महाकालीमा पानीको बहाव ४ लाख ३७ हजार ६ सय १३ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले बनबसा पुलमा चारपाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाएको छ ।