महेश सिंह/सिरहा/२ कार्तिक - सिरहाको धनगढीमाई नगरपालिका ३ हनुमानगरमा जिबछप्रसाद साफीले उद्योग सञ्चालनमा ल्याएका छन् ।
उनले शिवम् मल्टी प्रोडक्ट एन्ड ट्रेड ईन्डष्टिज प्रा.लि.नाम गरेको उद्योग सञ्चालनमा ल्याएका हुन् । त्यहाँ तरकारीमा प्रयोग हुने विभिन्न प्रकारको मसलाको पाउडर र शुद्ध तोरीको तेल उत्पादन हुने गरेको छ ।
हाल सिरहाको लहान गोलबजार, धनगढी, चोहर्वा, मिर्चैयालगायतका बजारहरूमा पर्याप्त मात्रामा उत्पादन सामग्रीहरू उपलब्ध हुने गरेका छन्। साफीको उद्योगमा १० जनाले काम पाएका छन् ।
अङ्ग्रेजी विषयमा एम.ए.सम्मको शिक्षा अध्ययन गरेका साफीले जीवनका १५ वर्ष विभिन्न एनजीओ तथा आइएनजिओमा जागीर गरे । त्यसपछि आफ्नो जागीर छोडेर अरूलाई जागीर दिने रहरले ठूलो लगानीमा गाउँमै उद्योग सञ्चालन गरेका हुन् ।