कात्तिक २, २०७८ मंगलबार

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । दुई वर्षअघि चिनियाँ कम्पनीले गरेको अन्वेषणमा यहाँ खानी रहेको पुष्टि भएको हो ।

वर्षौँदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टि हुन सकेको थिएन। दुई वर्ष ढिलो गरेर चिनियाँ टोलीले नेपाल सरकारलाई दिएको प्रतिवेदनमा दैलेखमा पेट्रोलियम पदार्थ रहेको उल्लेख छ।

२०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो ।