जेठ २०, २०८३ बुधबार

काठमाडौँ, २० जेठः विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    आज एक तोला चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।