फागुन २६, २०७७ बुधबार

पिटरसनले गरे विष्फोटक ब्याटिङ भारतमा जारी रोड सेफ्टि क्रिकेट शृखंला टिट्वान्टी लिजेन्डस क्रिकेट प्रतियोगितामा गएराती सम्पन्न खेलमा भारतिय टिम इंग्ल्याण्डसॅंग रोमान्चक रुपले बिजेता बनेको छ। भारत माथी ६ रनको रोमान्चक जित इंग्ल्याण्डले हात पारेको हो।

केबिन पिटरसनले बिस्फोटक ब्याटिङ गरे पछि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो। पिटसनले ३७ बलमा ७७ रन बनाएका थिए। भारतका लागि ईसुफ पठानले ३ तथा इर्फान पठान र मुनाफ पटेलले २/२ विकेट हात पारेका थिए।

भारतका लागि इर्फान पठानले ६१ रनको इनिङ खेलेतापनि टिमलाई जित दिलाउन सकेनन्। १८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८२ रन मात्र बनाएको हो। इंग्ल्याण्डका मोन्टी प्यानिसरले ३ तथा जेम्स ट्रेन्टवालले २ विकेट लिए। सात टोली सहभागी यस शृखंलामा भारत शिर्ष स्थानमा रहेको छ।