कात्तिक ३, २०७८ बुधबार

काठमाडौं । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा मोरङको विराटनगर विमानस्थल जलमग्न भएको छ ।

विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वे जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल जलमग्न भएपछि आजका लागि तय गरिएका उडानहरू प्रभावित हुने भएका छन् ।