कात्तिक ३, २०७८ बुधबार

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरामा परी देशभर कम्तीमा ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका ९ जना छन् । यस्तै धनकुटा र हुम्लामा ६–६ जना, पाँचथरमा ५ , बैतडीमा ४ , सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ ।

नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजार भन्दा बढी घर डुबानमा परेका छन् । कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका छन् ।