कात्तिक ३, २०७८ बुधबार

न्यादी हाइड्रोपावरको साधारण सेयर (आइपिओ) यसै साताको शुक्रबार बाँडफाँड हुने भएको छ । आइपिओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डसँग आइपिओ बाँडफाँडको अनुमति माग्दै पत्र पठाइसकेको छ ।

बोर्डबाट स्वीकृत आएपछि क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने तयारी थालेको हो । न्यादीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित २२ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।