कात्तिक ४, २०७८ बिहिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा विहीबार बिहान ८ बजे काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् ।