कात्तिक ४, २०७८ बिहिबार

काठमाडौं । देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघले आफूले गरेका कार्यहरूको फेहरिस्त सार्वजनिक गरेको छ । संघले आफ्नो केन्द्रीय आयाेजनाअन्तर्गत २० विभागीय संगठनमार्फत स्थापनादेखि सम्पन्न गरेका कार्य र भावी योजनाहरू सार्वजनिक गरेको हो ।

वि.सं. २०७७ साउन २१ गते विधिवत् रूपमा काठमाडौंमा स्थापना भएको संगठनले विपद् व्यवस्थापनमा केन्द्रीय अध्यक्ष खेमराज पाैडेलकाे संयोजकत्वमा कपिलवस्तु चप्परगाउँवासी अनिता बिकको उपचारार्थ १० लाख रकम सङ्कलन भइरहेकाे जनाएको छ ।

यस्तै पहिलाे चरणको काेभिड १९ का वेला  कपिलवस्तु नन्दनगर गुरूकुलमा खाद्यान्न तथा खेलकुद सामग्री सहयोग गरेको बताएको छ । परासी जिल्लाकाे आयाेजनामा रक्तदान कार्यक्रम, परासी जिल्लाकै आयाेजनामा जनचेतनामूलक महिला हिंसाविरुद्ध बृहत् कार्यक्रम समेत गरेको जनाएको छ ।

यस्तै संस्थाले सडक बालकको शिक्षा र आवासको व्यवस्था, मानवस्रोत परिचालनमा युवाहरूलाई तालिम, कैदीहरूलाई काम दिई अर्थतन्त्र सुधारमा जोड दिँदै कर प्रणालीमा सुधारका कार्यहरू आगामी दिनमा गर्ने बताएको छ ।