भक्तपुर, ४ कात्तिक । प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुण्डीको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिई अनुसन्धानका क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको जनाएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाएको छ ।